जीवनशैली

दमकको ईन्द्रेणी ताल टिकटक बनाउनेको रोजाईमा, ओझेलमा परेको तालमा पुन आकर्षण बढ्दै


      २०७७ मंसिर ६, शनिबार १४:१७

झापा — तत्कालिन पूर्वाञ्चलमै पहिलो पटक पर्यटकीय क्षेत्रका रुपमा बिकाश भएको झापाको दमक १० स्थित ईन्द्रणी ताल पछिल्ला केहि दिन यता पुन आकर्षणको केन्द्र बन्न थालेको छ ।
समाजिक सञ्जाल टिक टकमा दृष्य कैद गर्नका लागि यतिबेला दमक, गौरादह, कमल र उर्लाबारीका आन्तकि पर्यटकह इ्रन्द्रेणी ताल परिसरमा पुग्न थालेका छन । दैनिक जसो यो ताल परिसरमा पूग्ने सर्वसाधारणहरु बढ्दो क्रममा रहेको स्थानीय लोकेश न्यौपानेले जानकारी दिए ।
स्थनीयवासी समेत रहेका झापा दमकका सञ्चाकर्मी नगेन्द्र न्यौपानेका अनुसार यो ताल तत्कालिन पूर्वाञ्चलमै पहिलो पटक पर्यटकीय क्षेत्रका रुपमा बिकाश भएको थियो । तरर अहिलेसम्म सोकावालाहको बेवास्थाका कारण अहिलेसम्म तालको उचित प्रचा प्रसा हुन नसक्दा ताल ओझेलमा परेको थियो । अहिले क्रमश यो तालमा आन्तकि पर्यटकह आउन थालेको न्यौपानेले बताए ।
पूर्व पश्चिम मुख्य लोकमार्गको दमक चोकबाट करिब साढे सात किलोमिटर दक्षिणमा यो ताल रहेको छ । यो ताल सम्म पुग्नकालागि कालोपत्रे सडकको पनि निर्माण भईसकेको छ । केहि समय अघि पूर्वाञ्चलमानै निकै चर्चा पाएको यो तालको व्यावस्थापन खासै चासो जाननसक्दा लथालिङ जस्तै बनेको थियो ।
तर मुलुक संघीयतामा गएसंगै स्थानीय सरकार बनेपछि अहिले यो तालको भौतिक सुधारका कामहरु पनि अघि बढेको दमक वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए । तालको सुधार तथा संरक्षणकालागि ताल परिसरको दुबै किनारमा २० फुटे कच्चि सडा निर्माण गरि सकिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
स्थानीय युवाहरुको चासो र पहलमा ताल परिसरमा निर्माण गरिएका सडकका किनारमा दुबै तर्फ विभिन्न प्रजातीका विरुवाहरुमा रोपीएको छ । निकट भविष्यमै यो तालमा नौका सयरको व्यावस्था समेत गर्न लागिएको जनाईएको छ । विगतका दिनमा यो तालमा काठको डुङा सञ्चालनमा रहेको भएपनि अब भने प्लाष्टिक तथा मोटर बोट संञ्चालनको तयारी भईरहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु