जीवनशैली

प्रचण्डकाे प्रस्ताव फिर्ता नलिने, संयुक्त प्रस्ताव पनि नलेख्ने अडानमा बहुमत पक्ष !


      २०७७ मंसिर ७, आईतवार १०:५४

आन्तरिक विवादले सत्तारुढ दल नेकपालाई थिल्थिलो बनाएका बेला दुई पक्षीय आरोप र आक्रमणका श्रृंखला सुरु भएको छ । तर सहमतिका लागि पारदर्शी प्रयासहरु हुन सकेका छैनन् । मंसिर १३ गतेका लागि सचिवालय बैठक आव्हान भएकाले प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल पक्ष छुट्टा छुट्टै तयारीमा जुटेका छन् ।

ओली पक्षका नेताहरुले कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दवाव दिईरहदा सचिवालय लगायत प्रायः सवै पार्टी कमिटीमा बहुमतमा रहेको प्रचण्ड नेपाल पक्ष प्रस्ताव कुनैपनि हालतमा फिर्ता नलिने अडानमा छ । अध्यक्ष प्रचण्ड नेता नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले पनि प्रचण्डले सचिवालयको अघिल्लो बैठकमा पेश गरेको प्रस्तावप्रति एकमत र दृढ देखिएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डलगायत सचिवालयका केही नेतासँग भेट गरेका केही नेताले अध्यक्ष प्रचण्डकाे प्रस्ताव फिर्ता नलिने तयारी रहेकाे जानकारी दिए । शनिबार मात्रै अध्यक्ष प्रचण्डसहितका नेतासँग भेट गरेका एक नेताले समाचार दैनिकसँग भने, ‘अध्यक्ष प्रचण्ड कुनैपनि हालतमा बैठकमा पेश भएको राजनीति कप्रस्ताव फिर्ता नगर्ने अडानमा हुनुहुन्छ । ओली पक्षले जति दवाद दिएपनि उहाँ ओलीसँग मिलेर संयुक्त प्रस्ताव समेत लेख्ने पक्षमा हुनुहुन्छ ।’

‘कोरोनाको कहरमा परेको देश र जनतालाई उचित राहत दिन, पार्टी भित्र विधि र पद्दती स्थापित गर्ने तथा नेकपाको एकता र छवि समेत बचाईराख्न प्रचण्डले प्रस्ताव फिर्ता नलिने बताउनु भएको छ,’ ती नेताले भेन ।

सत्तारुढ नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको निर्णय उलंघन गरेको, विधि र पद्दती नमानेको, एकलौटी ढंगले सरकार चलाएको लगायतका विषय उठाउदै अध्यक्ष प्रचण्डले गत कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए ।

प्रचण्डले लिखित प्रस्ताव ल्याएपछि आक्रोषित बनेका प्रधानमन्त्री ओली प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठकमा सहभागि नै नहुने अडानमा थिए । तर अन्तिम समयमा प्रधानन्त्री ओली मंसिर ३ गतेको बैठकमा बस्न सहमत भएका हुन् । मंसिर ३ को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समेत जवाफी प्रस्ताव ल्याउन आफूलाई १० दिनको समय लाग्ने भन्दै बैठक १३ गतेका लागि सार्ने प्रस्ताव गरेका थिए ।

१३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव आएमा अध्यक्षद्वयका छुट्टा छुट्टै प्रस्ताव, दुई अध्यक्षबीच आदान प्रदान भएका दुई पत्र, सचिवालयका ५ सदस्यले बैठक बोलाउन माग गर्दै अघि सारेको पत्र, अन्तरपार्टी निर्देशिका लगायत माथि छलफल गर्ने तयारी छ । बहुमत पक्षले सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव पारित गरेर अघि जाने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले समेत प्रस्ताव ल्याएमा बहुमतका आधारमा उनको प्रस्ताव अस्वीकृत भएमा त्यसपछिको नेकपाको राजनीतिक कसरी अघि बढ्छ भन्ने कुरामा अन्योल छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु