जीवनशैली

शहरी बिकास मन्त्री झापामा, विभिन्न आयाेजनाहरुकाे अनुगमन


      २०७७ मंसिर ८, सोमबार २०:१३

झापा, मंसीर ८
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन गरेका छन् ।

मन्त्रालयका अधिकारीसहित आएका उनले प्रधानमन्त्रीकाे निर्वाचन क्षेत्रका सबै स्थानीय तहका याेजनाकाे अनुगमन गरेका थिए । नेकपा झापाका कार्यालय सचिव शिव ढुगेँलका अनुसार दमकको निर्माणाधिन दमक भ्यूटावर, दमक सभागृह , दमक बसपार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका हुन् ।
यसैक्रममा उनले दमक ३ स्थित निर्माण भइरहेकाे दमक भ्यूटावर निर्माणको अवस्थाबारे जानकारी लिए । यस्तै दमक ९ काे सिटि हलमा सिढिकाे डिजाइन तुरून्तै फेर्न ठेकेदार कम्पनीलाइ निर्देशन दिए । मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए ।
मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासहित स्थानीयहरुले फूलमालाले स्वागत गरेका थिए ।
नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करिब ३० प्रतिशत काम पूरा भएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यहाँ डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ ।
भ्यूटावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ ।
२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने छ । यस्तै बेलुका श्रेष्ठले दमक नगरपालिकामा कार्यकर्ता भेलालाइ समेत सम्बाेधन गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु