जीवनशैली

दमकमा १८ महिना अघिदेखीको अनुष्ठानात्मक यज्ञ समापन गरिदै


      २०७७ मंसिर ९, मंगलवार १५:५१

दमक — प्राच्य बिज्ञान अनुसन्धान केन्द्र दमकले १८ महिना अघिबाट शुरु गरेको अनुष्ठानात्मक यज्ञको मंगलबार पाँचौं दिनको कार्यक्रम सम्पन्न भएकोे छ ।
केन्द्रले १८ महिना अघिबाट शुरु गरेको अनुष्ठानात्मक महायज्ञको समापन समारोह अन्र्तगत आज पाँचौं दिनको यज्ञ हवन कार्यक्रम सम्पन्न गरेको छ । समापन समारोह यहि मंसिर ४ गतेदेखी सुरु भई १२ गते सम्पन्न हुने जनाईएको छ । जस अन्र्तगत श्रीमद्देबी भागवत पाठ पारायण सहस्र चण्डिको एक हजार हवन, रुद्रि चण्डी महायज्ञ सम्पन्न गर्न लागिएको केन्द्रका सञ्चालक मोहन भण्डारीले बताए ।
पूर्वीय दर्शनको मुख बिश्वकै सवैभन्दा पुरानो हस्तलिखीत पुस्तक ज्ञान विज्ञानको मुख्य स्रोत बेद भएकोले यसको महत्वलाई विश्व सामु पुर्याउने उदेश्यले केन्द्र संञ्चालनमा आएको भण्डारीले बताए । बेदको सार तत्वलेनै अहिले आधुनीक संसारको परिकल्पना भएको भएपनि यसको महत्वलाई दर्शाउन नसक्दा बेद जस्तो ग्रन्थ ओझलमा परेकोले यसको उजागर गर्न केन्द्र स्थापना गरिएको भण्डारीले बताए ।
दमक ४ स्थित तारावारीमा रहेको यस केन्द्रले संस्कृतका साथ साथै अग्रेजी भाषालाई पनि सिकाईको माध्यम बनाउदै आइरहेको जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु