जीवनशैली

बिहिबार र सुक्रबार भिटामिन ए खुवाईदै


      २०७७ मंसिर १०, बुधबार १७:४०

झापा — राष्ट्रव्यापि रुपमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । झापाको गौरादह नगरपालिका भित्रका ६ महिनादेखि ५ वर्ष सम्मका ५ हजार ५ सय ८५ बालबालिकाहरुलाईपनि भिटामिन ए र जुकाको औषधी खुवाइन लागिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । बिहिबार र शुक्रबार दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए र जुकाको औषधी कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ मा ७ सय २५ जना, वार्ड नं. २ मा ३ सय १५, वार्ड नं. ३ मा ३ सय ९७, वार्ड नं. ४ मा ७ सय १८, वार्ड नं. ५ मा ७ सय ७०, वार्ड नं. ६ मा ७ सय ८६, वार्ड नं. ७ मा ६ सय ३९, वार्ड नं. ८ मा ५ सय ८८ र वार्ड नं. ९ मा ६ सय ४७ जना गरि ५ हजार ५ सय ८५ जना बालबालिकाहरु रहेको जनाइएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए खुवाइने छ भने, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताउनुभयो । भिटामिन ए र जुकाको औषधी निशुल्क खुवाइन लागिएको बताइएको छ । नगरपालिका भित्रका बालबालिकाहरुलाई ११ र १२ गते भिटामिन ए र जुकाको औषधी खुवाउनको लागि ५१ जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु