
झापा — एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन बरोमीटर एसियाको प्रतिवेदनले नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको देखाएको छ । नागरिकबाट गरिएको सर्वेक्षणका आधारमा भ्रष्टाचार बढेको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा सहभागी मध्ये ८४ प्रतिशतले भ्रष्टाचार बढ्नुमा सरकार नै मूल कारण भएको बताएका छन् । एक वर्षमा सार्वजनिक सेवा लिंदा १२ प्रतिशतले घुस दिनुपरेको र २९ प्रतिशतले पहुँच प्रयोग गरेको प्रतिवेदनले जनाएको छ । नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलले २०१९ मा प्रकाशित गरेको इण्डेक्समा नेपाल १ सय १३ औं स्थानमा रहेको छ ।
१ सय पूर्णाकमा नेपालले ३४ अंक मात्र पाएको थियो । ट्रान्सपरेन्सीले १ सय ९८ मुलुकलाई समावेश गरेको थियो । १७ देशमा मार्च देखि सेप्टेम्बरसम्म गरिएको सर्वेक्षणमा जनप्रतिनिधिहरु नै सबैभन्दा बढी भ्रष्ट भएको देखाएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया