
झापा। विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र राप्रपा पार्टीमा प्रवेश गर्नेहरू झापामा दिन प्रतिदिन बढिरहेका छन् । अन्य ठुला राजनीतिक दलहरू आन्तरिक किचलोमा लिप्त भएपछि ती पार्टीका कार्यकर्तामा वितृष्णा जाग्नुको साथै अन्य पार्टीमा प्रवेश गर्नेको लहर पछिल्ला दिनहरूमा बढ्दै गएको छ ।
यसरी पार्टी परित्याग गर्नेहरू वैकल्पिक पार्टीको रुपमा राप्रपालाई छान्ने गरेका छन् । राजा आउँ देश बचाऊ भन्दै देशका विभिन्न स्थानमा र्याली तथा जुलुस स्वतः स्फूर्त रुपमा निस्की रहेको समयमा राजतन्त्र पूर्नस्थापनाको मुख्य एजेन्डा बोकेर हिँडेको सो राप्रपा पार्टीमा विशेष गरी तत्कालीन नेकपा माआवादीका कार्यकर्ता प्रवेश दिनै जसो ठुलो सङ्ख्यामा प्रवेश गर्दै आएका छन् ।
यसै क्रममा झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमको बिच तत्कालीन नेकपा मोआवादीका झापा–इलाम सेक्रेटरी विक्रम अधिकारी व्रम्हाण्ड , याम पाठक, मेघराज अधिकारी र केदार अधिकारी राप्रपामा प्रवेश गर्नु भएको छ । नव प्रवेशीहरुलाई कार्यक्रमका मुख्य अतिथि पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेनले स्वागत गर्नु भएको थियो ।
त्यस्तै कचनकवल ३ र ७ मा आयोजित अलग–अलग कार्यक्रमका बिच नपाली कङ्ग्रेसका होमनाथ ढकाल सहित १६ जना र नेकपाका दिनेश सिवाकोटी सहित २५ जना राप्रपामा प्रवेश गरेका छन् ।
यस्तै भद्रपुर १, २ का डेढ दर्जन युवाहरू आकाश कन्दङ्वाको नेतृत्वमा स्वतःस्फूर्त राप्रपामा प्रवेश गरेको भद्रपुर नगर अध्यक्ष राधा कार्कीले जानकारी दिनु भयो ।
फेसबुकमा तपाईको प्रतिक्रिया