जीवनशैली

शनिश्चरे अस्पतालमा आँखा तथा कानको उपचार सेवा शुरु


      २०७७ मंसिर ११, बिहीबार १८:४४

झापा । अर्जुनधारा नगरपालिकामा स्थित शनिश्चरे अस्पतालमा आँखा तथा कानको उपचार सेवा शुरु भएको छ । उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई मध्यनजर गरेर सेवा शुरु गरिएको हो । अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले उपचार सेवाको शुभाराम्भ गरे । त्यस क्रममा उनले आँखा र कानको परीक्षण पनि गराएका थिए ।

अस्पतालले दशैं अघि नै सेवा शुरु गरेको भएपनि बिहिबारबाट औपचारीक रुपमा उद्घाटन गरेको हो । अस्पतालको वार्षिक नीति तथा कार्यक्रम अनुरुप सेवा विस्तार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। रविन्द्र ओलीले बताए । सेवा विस्तारसँगै आँखा तथा कानको उपचारका लागि यस अस्पतालमा आउने सेवाग्राहीले अन्य अस्पताल धाउनु पर्ने झन्झटबाट मुक्ति पाउने मेसु डा। ओली बताउँछन् । अस्पतालमा दैनिक ४ सय देखि ५ सय जनासम्म सेवाग्राही आउने गरेको डा. ओलीले जानकारी दिए ।

अस्पतालमा झापाको अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका इलामको माई नगरपालिका, सुर्योदय नगरपालिका र रोङ गाउँपालिकाका सेवाग्राही आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईँले बताए । बिर्तामोड नगरपालिका–३ स्थित विर्ताबजारमा रहेको मेची दृष्टि आइ हस्पिटलको प्राविधिक सहयोगमा सेवा शुरु भएको हो । अहिले सोमबार र बिहिबार सेवा विस्तार गरिएको छ । विस्तारै सातै दिन सेवा उपलब्ध गराउने दृष्टिका संस्थापक सञ्चालक राम उप्रेतीले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु