
बिराटनगर, प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल भएको हो । प्रदेश स्तरमा उद्यमशिलता संवन्धि तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक बर्ष २०७७–०७८ मा तीनवटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले तालिमका लागि करिव ३० करोड बजेट विनियोजन भएको छ । गौतमले भन्नुभयो,‘ कोरोना संक्रमणका कारण सवै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल शुरु गरिएको हो ।’ छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको छ । कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया