जीवनशैली

दुर्घटनामा घाइते श्रेष्ठ लाइ ७५८५१ रुपैयाँ सहयोग


      २०७७ मंसिर १४, आईतवार १४:५८

गत असोज १७ गते बेलुका दमक स्थित निम्स हस्पिटल छेउमा सडक दुर्घटनामा परि आफु सवार मोटर साइकलमा आफनो २६ बर्सिय छोरा राजन श्रेष्ठ गुमाएका दमक ३ निबासी पुर्ण बहादुर श्रेष्ठ लाइ प्रबासी सृजनशिल महिला समुह इजरायलमा रहनु भएका सामाजिक ब्याक्तित्व हरुले जम्मा गरेर पठाएको रकम दमक स्थित क्लब हिमालयन टाइगरको सहकार्यमा आज दुर्घटनामा परि आफनो छोरा गुमाएका र आफु पनि दुर्घटनामा पर्नुभएका बुबा पुर्ण बहादुर श्रेष्ठ लाइ घरमै पुगेर क्लबका अध्यक्ष सहितको समुहले नगद ७५८५१ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष रेबत चन्द्र भण्डारी ,उपाध्यक्ष जे बिमली,सस्थापक सदस्य तेज कुमार श्रेष्ठ ,सदस्य भरत दाहाल ,राजु निरौला र स्थानीय बासी हरु लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको छ।
क्लबका अध्यक्ष भण्डारीले कार्यक्रममा बोल्दै प्रबासिहरुको सहयोगको प्रशशा गरेका थिए भने घाइते श्रेष्ठको स्वास्थ लाभको कामना समेत गरेका थिए।।
उक्त क्लबले दमकमा सामाजिक कार्यमा गतिलो छाप छोडदै आइरहेको छ।।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु