जीवनशैली

झापाका सडक मानवलाई न्यानो कपडा वितरण


      २०७७ मंसिर १५, सोमबार १८:११

झापाका सडक किनारमा बस्ने असहाय मानवका लागि न्यानो कपड वितरण गरिएको छ ।

सबैका लागि खाना, नाना र छाना भन्नेमूल नाराका साथ हाम्रो अभियानले काँकडभिट्टाबाट यो अभियान सुरु गरेको हो । पूर्वी नाकाबाट उर्लाबारी सम्मका सडक आस्रित असहायको लागि ओडने, ओछ्याउने, ज्याकेट, जुत्ता, टोपि, न्यानो कपडाहरु बितरण गरिएको छ ।

झापाका सडकमा बस्ने मानवका लागि लकडाउनको समय राहत बितरणदेखि खाना बितरणमा सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको हो । झापाका काकँरभिट्टा ,धुलाबारी ,चारआली, बिर्तामोड ,सुरुङ्गा, दमकका सडकमा रहेका ५० बढि मानवका लागि न्यानो एक जोर कपडा ,ब्लाङ्केट, म्याट, टोपि बितरण गरिएको अभियानमा सक्रिय रुपमा सहभागी रहेका सञ्चारकर्मी खगेन्द्र घिमिरेले जानकारी दिए ।

अभियानमा अभियनता नरेश मोहरा,बिष्णु आचार्य, खगेन्द्र घिमिरे, भरत यादव, सन्दीप प्रसाईं, सन्दीप गिरी, बिज्ञानराज पौडेल ,सन्जिव मैनाली, कबिन्द्र श्रेष्ठ ,दिपक दास लगायतको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई अभियानले धन्यवाद दिएको छ । जाडो शुरु भएसगै सडकमा रात बिताइ रहेका मानिसले न्यानो कपडा प्राप्त गर्दा खुशी ब्यक्त गरेका छन् । न्यानो कपडा प्राप्त गर्दा उनीहरुको मुहारमा खुशीको सिमा थिएन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु