जीवनशैली

झापा शिवसताक्षीको सडक किनारमा तीन वटा राँगा मृत फेला


      २०७७ मंसिर १६, मंगलवार १८:०५

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापा शिवसताक्षीको सडक किनारमा तीन वटा राँगा मृत अवस्थामा फेला परेको छ । शिवसताक्षी १ स्थित धरमपुर चोकमा तीन वटा राँगा मृत फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार राती राजमार्ग चल्ने सवारीसाधनले ठक्कर दिँदा राँगा मरेको हुन सक्ने बताए ।
पाँच वटा राँगामध्ये तीन वटा मृत भेटिएको र दुई वटा घाइते अवस्थामा सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ । अहिलेसम्म पशुधनि फेला नपरेको जनाइएको छ । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय झिलझिले, जनप्रतिनिधि, स्थानीयको सहयोगमा मृत फेला परेको राँगालाई सडक किनारबाट हटाएर माटोमा पुर्ने काम गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु