जीवनशैली

धरानमा दमककी एक कोरोना संक्रमित महिलाको मृत्यु


      २०७७ मंसिर १६, मंगलवार १८:१५

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना बृद्ध महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार झापाको दमक-३ निवासी ८२ वर्षीय बृद्ध महिलाको उपचारको क्रममा आज बिहान ७:५० बजे मृत्यु भएको हो ।

मङ्सिर ७ गते कोरोना सङ्क्रमण पुष्टि भएर सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएका मृतकमा मिर्गौलाको बिरामी रहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकको शव नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु