अर्थ

गाउँका महिलाहरुको रकम लिएर फरार बिर्तामोडकी चन्द्रकला अधिकारी आफैँ प्रहरीको सम्पर्कमा


      २०७७ मंसिर १६, मंगलवार १८:१९

गाउँका महिलाहरुको रकम लिएर फरार रहेकी बिर्तामोड नगरपालिका वडा– ३ की चन्द्रकला अधिकारी आफैँ प्रहरीको सम्पर्कमा आएकी छन् । अधिकारी मंगलबार आफैँ प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको एक करोडभन्दा बढी रकम ठगेर ती महिला असोजदेखि फरार रहेकी स्थानीय चन्द्र प्रसाईँले बताए ।

आफूपनि पीडित रहेको प्रसाईँ बताउँछन् । सात लाख रुपैयाँ पैसा र विवाहमा जाने भनेर श्रीमति र आमाबाट लगेको सुन फिर्ता नदिएको प्रसाईँले बताए । छलफल गराईदिन माग गर्दै, प्रहरी चौकी बिर्ताबजार पुगेका स्थानीय । ३८ वर्षिया अधिकारीले खासगरी श्रीमान विदेशमा भएका महिलाहरुलाई ठगेको पाइएको छ । कोहीसँग सापटी, कोहीसँग व्याज, गरी उनले धेरैजनासँग रकम लिएको प्रसाईँले बताए । त्यस्तै सुनको गहना लगाउन मागेकी चन्द्रकलाले कतिपयको गहना फिर्ता नदिएको बुझिएको छ ।
स्थानीय स्थानीय देवी राईलाई जग्गा दिन्छु भनि वैना गरेपछि अन्यत्र जग्गा पास गरिदिएको उनले बताइन् । “मलाई जग्गा दिन्छु भनेपछि १३ लाख रुपैयाँ वैना दिँए, पछि जग्गा त अर्कैलाई बेचिछिन् ” राईले भनिन् ।

बिर्तामोड ३ शान्ति टोलमा उनको ९ धुर जग्गा र टीनको छानो भएको घर रहेको थियो । अधिकारीले प्रसाईँ र राई जस्तै स्थानीय १५ जना बढी महिलालाई ठगेको बुझिएको छ । छलफलका लागि अधिकारीसहित इलाका पुगेका स्थानीय पीडितलाई लेनदेनको विषय प्रहरीले हेर्न नमिल्ने भन्दै नगरपालिका पठाइएको थियो । छलफल बुधबार (भोली) हुने बुझिएको छ ।अधिकारी भने आफ्नो व्यवहार बिग्रेकाले विस्तारै तिर्दै जाने बताउँछिन् । “मलाई सबैले इमानदारीताका साथ पैसा दिनुभएको हो म कमाएर तिर्छु” उनले भनिन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु