जीवनशैली

दमकमा कारावास सार्वजनिक


      २०७७ मंसिर १७, बुधबार १७:५३

माओवादी सशस्त्र जनयुद्ध र तत्कालिन शासकको गिरफतारीका क्रममा विद्रोहीहरुको भोगाइका अनुभवहरुलाई समेटेर प्रकाशनमा ल्याइएको पुस्तक कारावासको आज झापाको दमकमा सार्वजनिक गरिएको छ ।
दमक २ का स्थायी बासिन्दा एवं माओवादी सशस्त्र जनयुद्धका योद्धा रमेश गुरागाइँद्धारा लिखित पुस्तक कारवासको पूर्व सञ्चार मन्त्री नेकपा नेता राम कार्की पार्थको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । दमक बहुमुखी क्याम्पसको सभाकक्षमा माओवादी अध्ययन केन्द्रले आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले परिवर्तनका लागि अहिले सम्म भएका आन्दोलनहरुको उपलब्धि संस्थागत हुन नपाउने अवस्थाको सिर्जना हुन थालेको भन्दै सबैले आआफनो ठाउबाट राजनीतिक नेतृत्वमाथि खबरदारी गरिनु आवश्यक भएको सुझाए ।
हरेक कालखण्डमा परिवर्तनका लागि निरन्तर संघर्षहरु भएपनि यसपछिको पुस्ताले पनि आन्दोलनमा समय खर्चिनुपर्ने , वा बलिदानी दिनुपर्ने अवस्था आउनु दुखद हुने उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई कुनै गुट वा नेताको पछाडी दौडिन छोडेर बैचारिक र सैद्धान्तिक बहसमा केन्द्रित हुदै सिर्जनात्मक काममा लाग्न नेता कार्कीले सुझाव दिए । उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई अमुक वा उसले त यसो गर्यो मैंले गर्दा के हुन्छ भन्ने उद्धेश्य राखेर गलत अभ्यास गर्न नमिल्ने भन्दै उनले पार्टी केन्द्रिय राजनीतिमा चलिरहेको गुटबन्दीतर्फ संकेत गर्दै नेता कार्कीले भने – म कुनै मन्दिर धाएको छैन ।

सो अवसरमा समालोचक बास्कोटा धनञ्जय र हेमनाथ अधिकारीले प्रकाशित कृतिमाथि समिक्षात्मक टिप्पणी राखेका थिए । उनीहरुले गुरागाइद्धारा लिखित कारावास यथार्थ ऐतिहासिक घटनाक्रमको दस्तावेज भएको चर्चा गरे । कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता पौडेल अधिकारीले यस किसिमका पुस्तकहरुको प्रकाशनले नया पुस्तामा अध्ययन संस्कृतिको विकास गराउन सहयोग पुग्ने विचार व्यक्त गरिन । उनले नया पुस्तामा बैचारिक र सैद्धान्तिक बहसको अभ्यासको खाचो समेत औंल्याइन । सो पुस्तक माओवादी अध्ययन केन्द्र दमकले प्रकाशनमा ल्याएको हो । पुस्तकमा भाषा सम्पादन साहित्यकार शंकर चापागाई धनकुटे कान्छाले गरेका छन भने सुजल अफसेट प्रेस काठमाडौंको मुद्रण रहेको छ । २०६ पृष्ठ लामो कारवास पुस्तकको बजार मुल्य ५०० रुपैया रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु