जीवनशैली

महतो समाजद्वारा गौरीगञ्जमा रक्तदान, २८ पिन्ट रगत संकलन


      २०७७ मंसिर १८, बिहीबार १८:२३

महतो समाज कल्याण परिषदको आयोजनामा झापाको गौरीगञ्जमा बिहिबार रक्तदान सम्पन्न गरेको छ । वडा नम्बर ३ के कार्यालयस्थित प्राङगणमा आयोजित रक्तदानमा २८ पिन्ट रगत संकलन भएको समाजका केन्द्रिय अध्यक्ष महतो महतो गैदारले जानकरी दिए । अध्यक्ष गैदारले बिगत बर्षहरुमा बिबिध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने गरिएको भएपनि यस बर्ष कोरोना महामारीका कारण आफ्नो बाार्षिक कार्यक्रमलाई रक्तदानमै मात्र सिमित बनाएको जानकारी गराए ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष् बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटिले गरेको थियो ।
देश कोरोना सँक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला ब्लड बैँकहरुमा समेत रगतको चरम अभाब भईरहेको समयमा यो रक्तदान कार्यक्रमले थोरै भएपनि रगतको अभाबलाइ पुरा गर्ने जनाईएको छ ।
कार्यक्रममा सुरक्षाकर्मी, बिभिन्न सँघ सँस्थाका अगुवा तथा सदस्यहरु लगायत स्थानिय युवाहरुले रक्तदान गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु