जीवनशैली

दमक मालपाेतले माफी माग्याे, राजबँशीलाई २४ घण्टाभित्र स्पस्टिकरण पेश गर्न अल्टिमेटम


      २०७७ मंसिर १८, बिहीबार १९:२३

दमक/ मालपोत कार्यालय दमकले २ दिन अघि मालपोतमा भएको घटनाप्रति दुख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकाहुन् ।

सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दुखद भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी पनि मागेको छ । हामिले यस बिषयलाई गम्भिर रुपमा लिएका छौ, बिज्ञप्तिमा भनिएको छ ।

मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरेमाथि हातपात तथा दूब्र्यवहार भएको बताईएको छ । यस बिषयमा मुछिएको कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण पनि सोधेको मालपोत श्रोतको भनाई छ ।

यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले पनि सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह वेवास्था गरे पक्राउ गर्न तयारी रहेको श्रोतको भनाई छ । पत्रकार महासंघ झापा लगायतका पत्रकारजन्य संघसंगठनहरुले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु