
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीमा देखिएको विवाद स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आइतबार एक बजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ । बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
यसबीचमा अध्यक्षद्वयबीचको छलफल निरन्तर हुने उनको भनाई छ । नेकपा भित्रको बहसमा अध्यक्ष प्रचण्डसहितको बहुमत पक्ष प्रधानमन्त्री ओलीले दुई मध्य एक पदबाट राजिनामा दिनुपर्ने अडानमा छ भने ओलीले त्सलाई स्वीकार गरेका छ्रैनन् ।
दुई अध्यक्षबीचको चर्को लिखित आरोप प्रत्यारोपले नेकपा तरंगित भईरहेको छ ।
केही समय यता प्रचण्ड ओलीबीच ठप्प रहेको सम्वादलाई सुचारु गराउन ओली निकटका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र ईश्वर पोखरेल सक्रिय थिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया