जीवनशैली

सिमामा आवातजावत रोकेपनि अबैध ओसापसार रोकिएन


      २०७७ मंसिर २१, आईतवार १८:५३

झापा — झापामा खुल्ला सिमाको फाईदा उठाउने धेरैनै छन् । अझ खुला सिमानाको फाईदा उठाएर व्यपारीहरुले आसपासका नाका प्रयोग गदैं अवैधरुपमा धन्दा चलाईरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/२०७८ को पहिलो चौमासिकमा जिल्लाका विभिन्न नाका हुदैं अवैधरुपमा आयात निर्यात गर्दैगर्दाको अवस्थामा ६६ लाख ८२ हजार ८ सय ४० रुपैयाँका मालवस्तु पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले सो अवधिमा सशस्त्र प्रहरी टोलीले लत्ताकपडा, मोटर, मोवायलका पार्टस, जुत्ता चप्पल, मटर, सुर्ती, छोकडा, किराना सामानसहित अन्य खाद्य सामग्रीलगायतका मालसामान पक्राउ गरिएको जनकाी दिएका छन् ।
लागुपदार्थ, जडिबुटी, बन पैदवार तथा बन सम्पदा, बन्यजन्तुका आखेटोपहार लगायत प्रचलित कानुनले अवैध ठहर्याएका बस्तुहरुको आयात निर्यातमा रोक लगाउन सहयोग पुर्याउनु पनि सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको काम कर्तव्यमा पर्दछ । यसै अन्तर्गत सो अवधिमा सशस्त्र प्रहरीले फेनारगन, लुपिजेसिज र डाइजीपाम ७२ एम्वुलसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको वीओपी पति सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।
यस्तै ९ सय ६ ग्राम ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई समेत सोहि अवधिमा नियन्त्रण गरी आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाईएको राईले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु