जीवनशैली

अवैध रुपमा भन्सार छलि गरी ल्याएका समानहरु बरामद


      २०७७ मंसिर २१, आईतवार १९:१७

मोरङ,मंसिर-२१ गते । भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर-१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो ।

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु