जीवनशैली

कतारमा ज्यान गयो, नेपालमा सहयोग


      २०७७ मंसिर २३, मंगलवार १७:२५

झापा — ह्दयघातका कारण कतारमा ज्यान गुमाएका पाँचथरको कुम्बायक गाउँपालिका घर भई हाल झापाको दमकमा बस्दै आएका छगेन्द्र विश्वकर्माको परिवालाई पाचथर सेवा समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
विकको २०७६ साल असार ५ गते बैदेशिक रोजगारीको शिलशलामा कतारमा रहेका बेला ह्दयघातका कारण ज्यान गएको थियो । उनको निधनपछि परिबारलाई आर्थिक संकट परेको भन्दै पाँचथर सेवा समाज शाखा दोहा कतारले मृतक छगेन्द्रका दुई नाबालक सन्तानको नाममा एभरेष्ट बैंक दमकमा मुद्धती खाता खोलेर १ लाख ६० हजार रुपैया जम्मा गरिदिएको छ । सो रकम मृतकका सन्तानले नागरिकता पाएपछि झिक्न मिल्ने गरि बैंकसँग सम्झौता गरिएको पाँचथर सेवा समाजका झापा अध्यक्ष मदन बोहोराले जानकारी दिनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु