
झापा — झापाको दमकमा एक शिक्षकले बिद्यार्थीलाई बलात्कार गरि गर्भ बोकाएर फरार भएको रहष्य बाहिरिएको छ ।
दमकस्थित एक निजी विद्यालयका शिक्ष्कले कक्षा ७ मा पढ्ने एक १४ बर्षीया बालिकालाई गर्भ बोकाएर फरार भएका हुन् । श्रोतका अनुसार ति बालिका उक्त विद्यालयको होस्टलमा बस्ने गरेकी थिईन ।
दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले घटनाका बिषयमा जाहेरी ढिला गरि आएका कारण ति शिक्षकको खोजी गर्दै जाँदा ति शिक्षक भारतीय भएको र घटनाबारे गाईगुई चल्न थाले लगत्तै उनी भागेर भारत छिरेको आफुहरुलाई सूचना प्राप्त भएको जानकरी दिए ।
१४ बर्षीया ति बालिका यतिबेला परिवारकै साथमा हेकी छिन् । ति बिद्यार्थीको पेटमा ६ हप्ताको बच्चा रहेको जनाईएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया