जीवनशैली

पारिश्रमिक बढाउने सहमति पछि अरुण तेश्रोमा काम सुरु


      २०७७ मंसिर २४, बुधबार १८:०३

संखुवासभा — पारिश्रमिक बढाउने सहमति निर्माण कम्पनीले गरेपछि संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम बुधबारबाट सुरु भएको छ । त्यहाँ कार्यरत २ हजार नेपाली र भारतिय मजदुरहरुको तलबभत्ता बढाउने सहमति भएपछि काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । तलब बढाउनु पर्ने माग राख्र्दै मजदुरहरुले सोमबारदेखि आन्दोलन गरेका थिए । स्थानीय जनप्रतिनिधि, प्रशासन र मजदुरहरुबीच बसेको छलफलले जिल्ल्लामा चलेको दरअनुसार तलबभत्ता दिने, ८ घण्टा माथि काम गर्नेलाई १ दशमलश ५ प्रतिशतले ओभरटाइम दिने, जुनसुकै कामदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाईको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने र महिना मरेपछि तलबभत्ता बैंक खातामा जम्मा गर्ने लगायत बुदाँहरुमा समति भएको हो ।
जिल्ला दररेट अनुसार, दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनु पर्ने र ८ घण्टाको डियूटी भए पनि १२ घण्टा सम्म दिन र रातमा काम गरिरहेको हुदाँ कम्पनीले ओभरटाइमको पैसा दिनुपर्ने, मजदुरहरुलाई हरेक महिनाको १५ तारिख भित्र तलबभत्ता बैंक खातामा जम्मा हुनुपर्ने, साप्ताहिक, पाक्षिक र मासिक रुपमा पाउने बिदा दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने र बिना कारण मजदुरहलाई कामबाट निकाल्ने काम बन्द गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेर काम अवरुद्ध पारेका थिए ।
मजदुरहरुको माग अनुसार दुवै पक्षबीच सहमति भएपछि बुधबारबाट काम सञ्चालनमा आएको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताउनुभयो । संखुवासभाको मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल निर्माणधीन रहेको छ । चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु