
दमकका १० जना स्थानीयसहित पछिल्लो २४ घण्टाभित्र झापाका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ११ जना महिला र १९ जना पुरुष छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका २ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी बिर्तामोड नगरपालिकाका ५ जना महिला र ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।त्यस्तै, कनकाई नगरपालिकाका १ जना महिला र ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी, शिवसताक्षी नगरपालिकाका १ जना महिला र २ जना पुरुष, हल्दिबारी गाउँपालिकाका २ जना महिला र २ जना पुरुष, मेचीनगर नगरपालिकाका १ जना महिला र अर्जुनधारा नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २६३ पुगेको छ । डिस्चार्ज हुनेको संख्या भने ३ हजार २९२ रहेको छ ।सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररत व्यक्तिको संख्या ८५० रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट एक जनाको ज्यान गएको कार्यालयले जनाएको छ । झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया