
झापा – दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज हिमपात र वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ का केही पहाडी भू-भागमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया