जीवनशैली

झापाको कमल ७ गेउरियामा पिकअप भ्यान दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाईते


      २०७७ मंसिर २६, शुक्रबार १५:२६

झापा — झापाको गौरीगञ्ज पाडाजुङी सढक खण्ड अन्तर्गत पर्ने कमल गाउँपालिका ७ गेउरियामा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि अन्य ५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मे १ च ६४९७ को पिकअप भेन आज बिहान करिब साढे १० बजेको समयमा दुर्घटनामा परेको हो । । सो दुर्घटनामा परि मृत्यु हुनेमा झापाको दमक नगरपालिका ९ का ५५ बर्षीय मंगल चौधरी रहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितले जानकरी दिए ।
पण्डितका अनुसार घाईते हुनेहरुमा दमक ९ का २४ बर्षीय अनिल चौधरी, ५२ बर्षीय कलेश्वर माझी, दमक ५ का ३८ बर्षीय राजेश माझी, ६५ बर्षीय तमनलाल मण्डल र दमक ९ का २६ बर्षीय सुनिल चौधरी रहेका छन् । घाईतेमध्ये सुनिललाई बिराटनगस्थित न्यूरो अस्पताल रेफर गरिएको छ । अन्य घाईतेहरुको दमकको एक नीजि अस्पतालमा उपच भईरहेको छ । प्रहरीका अनुसर मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिकअप भेनको चक्का खुस्केर दुर्घटना भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु