जीवनशैली

लालपैनी खोलाको पुल : बर्षौदेखीको चुनावी नारा, बल्ल भयो शिलान्यास


      २०७७ मंसिर २७, शनिबार १३:५१

झापा — झापा कमल गाउँपालिका २ का खेमराज रिजालले लालपैनी खोलामा पुल बन्छ भन्ने सुनेको बर्षौ भयो । त्यहि पुलको आशामा उनी र उनी जस्ता धेरैले धेरैवटा निर्वाचनमा भोट माग्न पुगेका नेताहरुलाई भोट दिएर चुनाव जिताएर पठाए । तर पुल बनेन ।
झापाको गौरादह नगरपालिका वडा नम्बर १ र कमल गाउँपालिका वडा नम्बर २ लाई जोड्ने लालपैनी खोलामा पुल नहुँदा स्थानीयले भोग्नुपरेको सास्ती भनिकन साध्यैपनि छैन । रिमाल भन्छन्, “यहा पुल बन्छ बन्छ भनेको बर्षौ भयो । पुल नहुँदा स्थानीय जोगीचौनका बासिन्दा बिरामी परे अस्पताल पुर्याउनपनि समस्या छ । केहिको त यहि खोलामा डुबेर ज्यानै समेत गयो । हिउँदमा त बाँसको अस्थायी पुल हाल्छौं तर बर्खामा कपडापनि खेलेर पौडिदै पारी तर्नुको अर्को बिकल्प हुन्न ।”
यस्तै यो खोलामा पुल हाल्नुपर्छ भनेर धेरै जना नेतालाई ल्याएर देखाएको बताउदै स्थानीय समेत रहनुभएका तोपगाछी धरमपुर मैत्री समाज काठमाण्डौका अध्यक्ष यज्ञराज न्यौपाने भन्छन्, “यहाबाट सिपी मैनालीलाई जितायौं, वर्तमान प्रधानमन्त्री केपी ओलीलाईपनि धेरै पटक जिताएर पठायौं, तर मुलुकमा अस्थाई सरकार भएका कारण बिगतमा केहि हुन सकेन ।”
बाल्यकालमै यो खोलामा पुल बन्छ भन्ने सुनेकाहरु अहिले बयस्क भईसके तर कतैबाट पुल निर्माणका लागि तातो लागेको थिएन । बल्ल भने यो स्थानमा पक्की पुल बन्ने भएपछि यहाका स्थानीयको खुसीको सिमानै छैन । उनीहरु भन्छन्, बिकासका लागि त स्थिर सरकार चाहिदो रहेछ । स्थानीय मञ्जु बस्नेतले भनिन्, “पुल नहुँदा धेरै दुख पाईएको थियो । बल्ल पुल बन्ने निश्चित भयो अब यहि जुनीमा पुल माथिबाट हिड्ने ठुलो रहर छ ।”
सनिबार बिहान लालपैनी खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएपछि यहाका स्थानीयहरु हर्षित बनेका छन् ।
रौताहा–आशिशदिप–राज जे.भी. भद्रपुरले भ्याट सहित ५ करोड १४ लाख ७९ हजार ४ सय ८० रुपैया ८८ पैषामा लालपैनी खोलामा पुल निर्माणको जिम्मा पाएको छ । २०७७ साउन ६ गते सम्झौता भएको र २०७९ असार २० गते काम सम्पन्न गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख गरिएको पूर्वाधार विकास कार्यालय झापाका ईन्जिनियर रमेश कुमार माझीले जानकारी दिए ।
सो पुलको लम्बाई ४० दशमलब ८७ मिटरको हुने उहाको भनाइ छ । सो पुलको सनिबार बिहान प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मन्त्री कार्कीले बजेट अभावका कारण पुल निर्माणको काम रोकिन नदिने प्रतिबद्धता ब्यक्त गरे । अहिले विश्वनै कोरोना महामारीको चपेटामा परेका बेला नेपाललाईपनि यसले गाँजेको स्मरण गराउँदै मन्त्री कार्कीले भने, “कोरोना संकटका कारण हामीले बिकास निर्माणका केहि कामलाई थाती राखेको भएपनि अब तपाईहरु ढुक्क हुनुस् यो पुल निर्माणका क्रममा म कसै गरेपनि बजेट अभाव हुन दिन्न ।”
धेरैवटा निर्वाचनमा चुनावी नारा बनेको लालपैनी खोलाको पुल बल्ल शिलान्यास हुँदै गर्दा स्थानीयले तोकिएकै समयमा काम सम्पन्न हुनेमा भने संका ब्यक्त गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु