
दमक / झापाको दमकमा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ ।
दमक १० सेतुमारीस्थित भालुखोलामा माछा मार्ने क्रममा उर्लाबारी ९ का २० बर्षीय बिशाल सावाँ लिम्बूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ‘खोलामा पानी जमेको थियो,’इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले भने, ’माछा मार्न दहमा पसेका लिम्बुसँगै उनका बाबु पनि थिए , तर उनले छोरालाई बचाउन सकेनन् ।’
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया