जीवनशैली

प्रदेश १ मा अहिले सम्म २ लाख बढीको कोरोना परीक्षण


      २०७७ मंसिर २७, शनिबार २१:१८

झापा : प्रदेश १ मा अहिले सम्म २ लाख बढीको कोरोना परीक्षण गरिएको छ ।

१ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा। रवीन्द्र निरौलाले जानकारी दिए । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८ सय १२ जनामा सङ्क्रमण देखिएको उनले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । उसले ६३ हजार ९ सय २६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोबेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरूमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा ५८ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन् ।

४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १०, इलामका ४, सङ्खुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २–२, बाह्रदशी, भद्रपुर, हल्दिबारी, बिर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सूर्योदयमा १–१, सङ्खुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आइसोलेसनबाट ४, विराट सामुदायिक भवन आइसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको मन्त्रालय जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु