जीवनशैली

तेह्रथुम बलबालिका मृत्यु अपडेट : शब पोष्टमार्टका लागि धनकुटा पठाउने तयारी


      २०७७ मंसिर २८, आईतवार ०९:१३

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा ३ जना वालिकाहरूको प्लाष्टीक पोखरीमा डुबेर मृत्यु भएको छ ।
प्रगती कृषि समूहको प्लाष्टिक पोखरीमा उनीहरु शनिवार दिउसो पौडी खेल्ने क्रममा डुबेको जिल्ल् प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय कोपिला लिम्बुकी ६ बर्षीय छोरी रञ्जना र ७ बर्षीया छोरी रोजना रहेका छन् भने स्थानीय देवेन्द्र लिम्बुको ८ वर्षिया छोरी सोहना लिम्बूकोपनि मृत्यु भएको हो । पारिबारिक श्रोतका अनुसार हिजो दिउसो उनीहरु पौडी खेल्न भनि स्थानीय प्रगती कृषि समूहको प्लाष्टिक पोखरीमा पुगेका थिए । साझसम्मपनि उनीहरु नफर्किएपछि खोजी गर्ने क्रममा उनीहरु पोखरीमा मृत भेटिएका हुन् ।
घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाका बारेमा प्रहरीले सूचना पएलगत्तै हिजै राति घटनास्थल पुगेको थियो । राति अबेर भएका कारण आवस्यक कानूनी प्रकृया भने आज बिहान मात्रै सकेर शबलाई पोष्टमार्टमा लागि जिल्ला अस्पतल धनकुटा पठाउने तयारी भईरहेको तेह्रथुमको छथर गाउँपालिकाका प्रमुख सन्तबिर लिम्बुले जानकरी दिनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु