जीवनशैली

आज सनिबारको मौसम – तराईका धेरैजसो ठाउँमा कुहिरो, दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन


      २०७७ मंसिर २८, आईतवार ०९:१८

अहिले तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ ।

चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन ।

दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने मौसमविद् पोख्रेलले बताउनुभयो । यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ । प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तराईमा कुहिरो तथा अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु