जीवनशैली

प्रदेश १ मा चलचित्र महोत्सव हुने


      २०७७ मंसिर २८, आईतवार ०९:२७

प्रदेश १ मा चलचित्र महोत्सव हुने भएको छ। कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले ‘चलचित्र महोत्सव–२०७८’ आयोजना गर्ने भएको हो।

आगामी वैशाख १७ देखि सुरु हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनका लागि एकदमै उपयुक्त स्थान भएकाले त्यसको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीलाई प्रोत्साहित गर्न प्रदेश १ मा बनेका कथानक चलचित्र, छोटो चलचित्रका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्र र छोटो चलचित्रको छुट्टै विधाअन्तर्गत रहेर चलचित्र प्रदर्शन गर्ने योजना छ।

महोत्सवको तयारीस्वरूप नै महासंघका विभिन्न शाखाका पदाधिकारीसहितले प्रदेश १ का मुख्यमन्त्रीसँग भेटघाट र छलफलसमेत गरेका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु