जीवनशैली

काठमाडौं-दिल्ली उडान, नेपाल एयरलाइन्सले थाल्यो टिकट बिक्री


      २०७७ मंसिर २९, सोमबार १९:१६

आगामी बिहीबारबाट काठमाडौं-दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ ।एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको उडान सुरु हनु लागेको हो । यसका लागि नेपाल एयरलाइन्सले टिकट बिक्री थालेको छ । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ र दिल्लीबाट यात्रुलाई काठमाडौं फर्किनेछ ।निगमले पहिलो चरणमा न्यारोबडी जहाजबाट उडान सुरु गर्नेछ । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।भारतबाट एयर इण्डियाले काठमाडौंमा उडान गर्ने अनुमति पाएको छ । तर उसले उडान मिति तोकिसकेको छैन ।यो रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।अब उडान सुरु हुँदा स्वास्थ्य सुरक्षासम्बन्धी तोकिएका मापदण्डहरु भने यात्रुले पूरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ ।भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु