जीवनशैली

दमकमा ५ सहित झापामा थप २२ जनामा कोरोना संक्रमण


      २०७७ मंसिर २९, सोमबार १९:२६

झापामा आज २२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सोमवार जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ७ जना र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३४ हजार ५४७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३३९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ ।आइसोलेसनमा रहेका सकृय संक्रमित ५६२ र होम आइसोलेसनमा ५५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६५४ जना रहेको चौलागाईले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु