जीवनशैली

मोरङको अमरदह बजारमा गए राति आगलागी


      २०७७ मंसिर ३०, मंगलवार १४:०८

मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो ।आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ ।
स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ ।स्थानीय प्रत्यक्षदर्शी राजेन्द्र सापकोटाले रातभर जसो आगो दन्किरहेको देखेको बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु