जीवनशैली

विराटनगरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


      २०७७ मंसिर ३०, मंगलवार १४:१२

विराटनगरमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक वृद्धा महिलाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर–१५ की ६५ वर्षीया विखियादेवी साहको ज्यान गएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति १० बजे मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई नियन्त्रणमा लिएको छ ।प्रारम्भिक अनुसन्धानबाट साहले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिइकन सवारी साधन मोटरसाइकल चलाउने गरेको पाइएको छ । लाइसेन्स बिनानै लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु