जीवनशैली

बिर्तामोडमा गए राति सवारी दुर्घटना, तीन जनाको अवस्था गम्भीर


      २०७७ मंसिर ३०, मंगलवार १४:२३

झापाको बिर्तामोडमा मारुती भ्यान र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका-२ स्थित चारपानेमा पूर्वबाट पश्चिम तर्फ गइरहेको को १ च ३९८८ नम्बरको मारुती भ्यान र दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ५९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा सोमबार साँझ ८ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवारी दुईसहित तीन जना गम्भीर घाइतेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । घाइते तीनै जना पुरुषको अवस्था चिन्ताजनक रहेकोले उनीहरूको थप विवरण खुल्न सकेको छैन । घाइतेहरूको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । यता भ्यान चालक फरार रहेको छन भने दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु