जीवनशैली

कोरोना सङ्क्रमित दुई जनाको कोशीमा मृत्यु


      २०७७ पुष १, बुधबार १३:३८

कोरोना भाइरस सङ्क्रमित दुई जनाको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मङ्गलबार राति मृत्यु भएको छ ।मृतकमध्ये एक जना मोरङको पथरीशनिश्चरे र एक जना सुन्दरहरैँचका हुन् । कोरोना सङ्क्रमित २२ वर्षीय युवक र ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ ।सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु