जीवनशैली

जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खोटाङबाट पक्राउ


      २०७७ पुष २, बिहीबार ०९:४७

खोटाङ- प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ ।

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेको खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेका तामाङका साथबाट बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामान पनि बरामद गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु