जीवनशैली

बेलबारीस्थित कुखुरा फर्ममा आगालगि, ९ सय वटा चल्ला मरे


      २०७७ पुष २, बिहीबार १५:४२

बेलबारी, मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगालगी हुँदा ९ सय वटा चल्ला जलेका छन् । बेलबारी–९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९ सय वटा चल्ला जलेर मरेको ईलाका प्रहरी कार्यालय बेलबारी प्रहरीले जनाएको छ ।
आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । सञ्चालक आचार्यले फूसको छानो भएको फार्ममा आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला पालेका थिए । विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोले फार्म पूर्ण रुपमा जलेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु