
दमक — दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा गत कात्र्तीक २९ गते भएको आगलागिको क्षती आज सार्वजनिक भएको छ ।
सो आगलागीबाट जम्मा ६० लाख ८६ हजार २ सय २४ रुपैँयाका औषधि, उपकरण तथा स्वास्थ्य सम्बन्धी सामाग्रीमा क्षती भएको आज जानकारी गराईएको हो ।
क्षती मध्ये ३२ लाख ७ हजार ७ सय ५५ रुपैँयाका सामाग्री तथा उपकरणहरु पूःन प्रयोग गर्ने मिल्ने र बाँकी २८ लाख ७८ हजार ४ सय ६९ रुपँैया बराबरका स्वास्थ्य सामाग्रीहरु पूर्ण रुपमा प्रयोग बिहिन हुने गरि जलेको र यी सामाग्रीहरु निष्कृय गराईने अस्पताल व्यवस्थापन समिती अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीले बताईन । बिद्युत सर्ट भएर अस्पतालमा आगलागि भएको थियो ।
फेसबुकमा तपाईको प्रतिक्रिया