
पछिल्लो २४ घण्टाभित्र झापाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी दमकका १३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । दमक नगरपालिकाका संक्रमित १३ जनामध्ये ७ जना महिला र ६ जना पुरुष रहेका छन् ।यसैगरी, गौरादह नगरपालिकाका एक जना महिला र एक जना पुरुष तथा कमल गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यो सँगै झापामा कुल संक्रमितको संख्या ४ हजार ३९१ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार ७७६ रहेको छ । यसैगरी सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या ४९० रहँदा होम आइशोलेसनमा ४८३ जना रहेका छन् ।झापा जिल्लामा हालसम्म ३४ हजार ८१० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका छ भने कोरोना संक्रमणकै कारण १२५ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जनाएका छन्।
फेसबुकमा तपाईको प्रतिक्रिया