जीवनशैली

दमकमै यस्ताे : युवा अभियन्ता प्रबिनको घरमा हतियारधारीको प्रबेश, गाउँलेले लखेटे हतियारधारीलाई


      २०७७ पुष २, बिहीबार १९:२७

दमक — झापाको दमकमा एक स्थानीय युवाको घरमा अज्ञात समुहले हात हतियार सहित प्रबेश गरेर हमलाको प्रयास गरेका छन् । हिजो साझ झापाको दमक ४ स्थित चियादोकान चोक नजिक घर भएका स्थानीय युवा अभियान्ता तथ सामाजिक काममा सक्रिय प्रबिन पाठकको घरमा ४÷५ जनाको समुहमा आएका ति अत्रात ब्याक्तीहरुले एक जना मान्छे खोज्दै हिडेको भन्दै रातको समयमा घरेलु हतियार सहित जबरजस्ती घरभित्र प्रबेश गरेका थिए ।
घटना लगत्तै स्थानीयवासीको सहयोगमा ति अज्ञात हतियाधरी समुहलाई गाउँलेले लखेटेको प्रबिनले बताए । बिशेष सावधानीका कारण कुनै अप्रिय घटना हुन नपाएको पाठकले जानकरी दिएका छन् । यो घटना सुनियोजित भएको उनले बताए ।
घटनाको बारेमा आफूले नेपाल प्रहरीलाइ खबर गरिसकेको र आफ्नो पालिका भित्र यस्ता घटना रोक्न शान्ती सुरक्षा र घटनाको अनुसन्धानका लागि पाठकले अपिल समेत गरेका छन । यस्तै युवा अभियान्ताहरुले घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई चाडोभन्दा चाडो पक्राउ गरि कार्वाहीको माग समेत गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु