जीवनशैली

कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या १सय २७ पुग्यो, थप १२ जनामा संक्रमण पुष्टि


      २०७७ पुष ३, शुक्रबार १९:०३

कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ । आज थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या १सय २७ पुगेको हो । आज मृत्यु हुनेमा बिर्तामोड नगरपालीकाका ४ का ८१ बर्षिय पुरुष र गौरादह नगरपालीकाका ५ की ५५ बर्षीया महिला रहेकी छिन् ।
यस्तै झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवार जिल्लाका ४ वटा पालिकामा ८ महिला र ४ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा ८ जना, बिर्तामोड नगरपालिकामा २ जना, भद्रपुर नगरपालिकामा १ जना र बुद्घशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । सबै संक्रमित जना स्थानीय हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु