जीवनशैली

सप्तरीमा आगलागीबाट वृद्धको मृत्यु


      २०७७ पुष ३, शुक्रबार १९:१४

सप्तरीमा आगलागीबाट एक वृद्धको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियमा शुक्रबार बिहान भएको आगलागीबाट ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहका अनुसार बिहान करिब ४ बजेको समयमा विद्युत सर्ट भएर गोठ घरमा आगलागीमा परेर उनको मृत्यु भएको हो ।आगलागी भएको बेला यादव गोठ घरमै सुतिरहेका थिए । अचानक आगलागी भएपछि यादव भाग्न नसकेर र आगो निकै सल्किएको कारण बचाउन प्रयास गर्दा पनि नसकेर जलेको पीडित परिवारले बताएको छ ।घटनास्थलसहित मृतक शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए ।सो आगलागीमा करिब एक लाख मूल्य बराबरको सम्पति जलेर नष्ट भएको बताइएको छ । नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु