
दमक — झापाको दमकमा आज प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना संक्रमित भएर रिपोर्ट नेगेटिभ आएको २८ दिन पछि पूर्व संक्रमितले प्लाज्मा दान गर्न सक्ने चिकित्सकहरुले बताएका छन् । सोही अनुसार आज दमकमा आयोजित प्लाज्मा दान कार्यक्रममा १२ पिन्ट प्लाज्मा संकलन गरिएको छ ।
प्लाज्मा बैंक बिराटनगर र नेपाल रेडक्रश सोसाईटी उपशाखा दमकको प्राबिधिक सहयोगमा प्लाज्मा दान सम्पन्न भएको हो ।
दमकस्थित लायन्स क्लब अफ दमक ग्रिनसिटी मुख्य आयोजक रहेको कार्यक्रममा लायन्स क्लब अफ दमक बिगबुद्ध, लायन्स क्लब अफ दमक गोल्ड, लायन्स क्लब अफ दमक सेबिका र लायन्स क्लब अफ दमक माउण्ट मकालुको सह आयोजना रहेको लायन्स क्लब अफ दमक ग्रिनसिटीका सचिब डाक्टर गुरु प्रसाद मैनालीले जानकारी दिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया