
रोट्याक्ट क्लब अफ दमकसहित थ्रिप्ट इट झापाले आज दमक ४ स्थित धनेश्वर चौंकमा बस्दैआएका ४० भूमिहिन तथा विपन्न परिवारलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।आज एक कार्यक्रम गरि त्यहाँ वस्दैआएका करिव २०० जनालाई जाडोका लागि न्यानो कपडा बितरण गरेको हो ।
दमकमा रहेर विभिन्न सामाजिक कार्य गरिआएको दुई क्लब मिलेर कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक सपना लिम्बूले वताईन् । कार्यक्रम सम्पन्न गर्न दुवै क्लवले लत्ताकपडाहरु संकलन गरिएको अर्को संयोजक सबिता लिम्बूले जानकारी दिइन् ।
सोहि अवसरमा बिष्णु आचार्यको टिम हाम्रो अभियान झापाले दमकको एक आश्रमलाई आवस्यक १० थान म्याट उपलब्ध गराएको थियो।यसैगरी रोट्याक्ट क्लब दमककी उपाध्यक्ष बिष्णु भण्डारीले १५० थान नयाँ कपडा उपलब्ध गराएकी थिईन्।
यसैगरि, कार्यक्रमका लागि रोटरी क्लब अफ दमकका निर्वतमान अध्यक्ष सन्दिप चापागाई र पूर्व अध्यक्ष नविन श्रेष्ठले क्रमशः जनही रु ५ ,५ हजार सहयोग उपलव्ध उपस्थित भई रु ५ हजार प्रदान गरेका थिए भने दमक रोटरीकी अध्यक्ष शान्ता ढकाल , डा. मुक्तिनाथ भट्टराई लगायतका रोटरी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
फेसबुकमा तपाईको प्रतिक्रिया