जीवनशैली

दमकको सामाजिक क्लब योङ टाइगरद्वारा लाप्चा समुदायका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण


      २०७७ पुष ४, शनिबार ०८:४२

दमकको सामाजिक क्लब योङ टाइगरले (क्लब हिमालयन टाइगर अन्तर्गत इलामको रोङ गाउँपालिकामा अवस्थित बिकट लाप्चा समुदायका बिद्यार्थीहरु लाइ न्यानो कपडा वितरण गरेको छ।
उक्त कपडा वितरण कार्यक्रम शान्तिपुर मा.वि मा भएको थियो।बिद्यार्थीहरुको समस्या बुझेर उक्त स्थानमा न्यानो कपडा बितरन गरेको हो ।
उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजु अधिकारी,प्रमुख अतिथी रोङ गाउँपालिका-२ का वडा सदस्य मानन्ध अधिकारी,विशिष्ट अतिथी विद्यालयका प्र.अ प्रेमलाल कार्की क्लब हिमालयन टाइगरका उपाध्यक्ष जे बिमली, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का,अतिथीहरुमा योङ टाइगरका उपाध्यक्ष बिपुल गुरागाँइ,सचिव विश्व प्रकाश तिम्सिना,सह-सचिव पूर्णिमा तिम्सिना,कोषाध्यक्ष जोन जङ बुढाथोकी,रिदम सापकोटा,कृतिका रिजाल लगायतको उपस्थिति थियो।झन्डै ५० बस्तीमा बसोबास गरेका विपन्न लाप्चा समुहहरुका ४० जना नानीहरुलाई न्यानो कपडा वितरण गरिएको योङ टाइगरका अध्यक्ष राजु अधिकारीले बताए।
विद्यालय र सामुदायहरुको तर्फबाट सम्पुर्ण योङ टाइगरका पदाधिकारीहरुलाई फुलमाला अबिर र प्रमाणपत्रले सम्मान गरेका थिए।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु