जीवनशैली

मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु, दिउँसो प्रदेश- १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली


      २०७७ पुष ५, आईतवार ०९:३२

मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबारको तुलनामा २ डिग्री बढी हो ।

यसअघि शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।

४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताउँछन् ।

आज दिउँसो प्रदेश- १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु