
प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा बरिष्ठ पत्रकार यज्ञ शर्मा नियुक्त भएका छन् । खुल्ला प्रतिष्पर्धा मार्फत करिब ५ महिना अघि कार्यकारी निर्देशकका लागि आवहन गरिएको थियो । आज बसेको प्रदेश मन्त्री परिषद् बैठकल शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । शर्मा ३० बर्षदेखि पत्रकारीतामा क्रियाशिल रहेका छन् । यस अघि उनी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि भइसकेका छन् । उनी प्रदेश १ का पत्रकारीताका प्रशिक्षकका रुपमा चिनिएका छन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया